नियम ११
इजाजतपत्र सम्बन्धी व्यवस्था
(१) देहायका व्यक्ति, संस्था वा निकायले पञ्जीकरण वा पुनः पञ्जीकरण गरिएका जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्न ऐनको दफा ८ को उपदफा
(१) बमोजिम इजाजतपत्र लिनु पर्नेछ:-
(क) जीवनाशक विषादीको उत्पादन वा संश्लेषणका लागि: कृषि, माइक्रोबायोलोजी, प्लाण्ट प्याथोलोजी, इन्टोमोलोजी, व्याक्टेरियोलोजी, भाइरोलोजी, नेमाटोडोलोजी, टक्सिकोलोजी वा केमेस्ट्री विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति र संस्था वा निकायको हकमा उल्लिखित योग्यता भएको कम्तीमा एकजना जनशक्ति रहेको,
(ख)/ जीवनाशक विषादीको निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्गको इजाजतपत्रका लागि कम्तीमा कक्षा दशको अन्तिम परीक्षा (एस.ई.ई.) वा सो सरह उत्तीर्ण गरेको व्यक्ति र संस्था वा निकायको हकमा उल्लिखित योग्यता भएको कम्तीमा एकजना जनशक्ति रहेको,
(ग) जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्गमध्ये जुन प्रयोजनका लागि इजाजतपत्र लिन चाहेको हो सोको लागि केन्द्रले तोकेको अवधिको तालिम -लिएको व्यक्ति र संस्था वा निकायको हकमा उल्लिखित तालिम लिएको कम्तीमा एक जना जनशक्ति रहेको ।
(२) ऐनको दफा द को उपदफा (१) बमोजिम पञ्जीकरण वा पुनः पञ्जीकरण गरिएका_जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्न इजाजतपत्र लिन चाहने उपनियम (१) बमोजिम योग्यता भएको व्यक्ति, संस्था वा निकायले देहायका विवरण तथा कागजात संलग्न गरी अनुसूची-६ बमोजिमको ढाँचामा केन्द्रमा निवेदन दिनु पर्नेछः-
(क) काम गर्न दक्ष जनशक्ति रहेको प्रमाण,
(ख)- व्यावसायिक फर्म वा कम्पनी दर्ता प्रमाणपत्र,
(ग) जीवनाशक विषादीको कारोबार खुलेको स्थायी लेखा नम्बर,
(घ) नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
(ङ) संस्था वा निकायको हकमा त्यस्तो निकायको आधिकारिक पत्र,
(च) अनुसूची-७ बमोजिमको स्वघोषणा,
(छ) अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र ।
(३) उपनियम (२) बमोजिम प्राप्त निवेदन उपर केन्द्रले जाचँबुझ गर्दा निवेदकलाई इजाजतपत्र दिन उपयुक्त देखिएमा अनुसूची-३ बमोजिमको दस्तुर लिई निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र आवश्यकता .अनुसार सर्त तोकी अनुसूची-८ बमोजिमको ढाँचामा इजाजतपत्र दिनु पर्नेछ।